पाल्पा, फागुन २० – प्याराग्ल्याईडिङ्गको
क्रममा हाइटेन्सन लाइनमा ढेड घण्टा अल्झिएका चिदिपानी–५ पाल्पाका ३०
वर्षका नवराज बस्याललाई नयाँ जिवन पाएको भन्दै बधाई आइरहेको छ ।
गएको शुक्रबार तानसेनको बतासेडाँडामा
प्याराग्ल्याईडिङ्गक्रममा हावाको गतिले एकातिर फालेपछि बिजुलीको हाइटेन्सन
लाइनमा ढेड झण्डा झुण्डिएको बस्यालले जानकारी दिनुभयो । स्थानीयले तारमा
मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरे । बिजुलीको लाइन काट्न लगाए ।
घाँटी, हात र शरीरका बिभिन्न स्थानमा
करेन्टले पोलिएका बस्यालले भगवानको कृपाले आफू बाँचेको उज्यालोलाई
प्रतिकृया दिनुभयो । उपचारपछि घर फर्किनुभएका बस्याललाई अहिले साथीभाइ र
छिमेकी बधाई दिन घरमै आएका छन् ।
स्राेत ः http://ujyaaloonline.com/news/71725/palpa/