१९ मंसिर, पाल्पा । प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएका पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् ।
सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै पाल्पामा विरोधस्वरुप अनिश्चितकालसम्मका लागि जिल्ला बन्दको आह्वान गरिएको हो ।
संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समिति, पाल्पाले सरकारले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशलाई टुक्रयाउने कुरा आफूहरुलाई मान्य नहुने भन्दै यसको विरुद्धमा विरोध गर्दै जिल्ला बन्द गरिएको हो।
बन्दका कारण विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन् ।
बिरोध स्वरुप पाल्पा आज जनसभा गरिएको थियो।माओवादी केन्द्र बाहेकका दलहरुको संयुक्त आयोजना भएको बिरोध सभामा सम्पुर्ण बक्ताहरुले ५ न. प्रदेशलाई टुक्राउने गरि ल्याइएको संशोधन बिधयक आफूहरुलाइ मान्य नहुने र यस्को बिरोधमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।
यस्तै गरि आजनै बसेको संयुक्त आन्दोलन मोर्चाले आन्दोलनलाई जारी राख्दै थप कार्यक्रमको घोषणा गरेका छन।