2016 - पाल्पा अन्लार्इन

Top News



Post Top Ad

संविधान संशोधन बिधायक:पाल्पामा आन्दोलन जारि

6:54 AM
१९ मंसिर, पाल्पा । प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएका पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् ।
सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै पाल्पामा विरोधस्वरुप अनिश्चितकालसम्मका लागि जिल्ला बन्दको आह्वान गरिएको हो ।
संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समिति, पाल्पाले सरकारले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशलाई टुक्रयाउने कुरा आफूहरुलाई मान्य नहुने भन्दै यसको विरुद्धमा विरोध गर्दै  जिल्ला बन्द गरिएको हो।
बन्दका कारण विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन् ।
बिरोध स्वरुप पाल्पा आज जनसभा गरिएको थियो।माओवादी केन्द्र बाहेकका दलहरुको संयुक्त आयोजना भएको बिरोध  सभामा सम्पुर्ण बक्ताहरुले ५ न. प्रदेशलाई टुक्राउने गरि ल्याइएको संशोधन बिधयक आफूहरुलाइ मान्य नहुने र यस्को बिरोधमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।
यस्तै गरि आजनै बसेको संयुक्त आन्दोलन मोर्चाले आन्दोलनलाई जारी राख्दै थप कार्यक्रमको घोषणा गरेका छन।
Read More

पाल्पामा ऐतिहासिक रोपाइ जात्रा मनाइयो

5:47 AM

पाल्पा।हरेक बर्षझै यो बर्ष पनि पाल्पा ऐतिहासिक रोपाइ जात्रा मनाइएको छ।जिल्ला भरिका विभिन्न समूहहरुले सस्कृतिको जगेर्ना गर्ने उदेश्यले जात्रा निकालेका थिए।साथै गाइजात्रा बाट सुरु भएर ९ दिन सम्म विभिन्न जात्रा मनाइने पाल्पा मा जात्राको दोस्रो दिन रोपाइँ जात्रा मनाउने प्रचलन रहेको छ।

Read More

सडक सुधारेर बुटबल-तानसेनको दुरी आधा घण्टाको बनाइने

5:57 AM

२० चैत, पाल्पा । अर्थमन्त्री विष्णु पौडेलले बुटबल र तानसेनलाई कम्तिमा आधा घण्टाको दुरीमा रहने गरी सडकको स्तरबृद्धि गरिने बताएका छन् । बुटबल-तानसेन सडकका घुम्तीहरु सुधार गरेर आधा घण्टाको दुरीको सडक बनाउन लागेको उनले जानकारी दिए ।

पाल्पाको तेल्घा गाविस-४ गुफाचौर क्षेत्रमा पुगेर मन्त्री मन्त्री पौडेलले सडक असुरक्षित रहेकोले यस सडकलाई सूरुङ्गमार्ग निर्माण गरेर वा अर्को सडकको विकल्प खाजेर भएपनि छोट्याइने दावी गरे ।

उनले सुनौली, बुटबल, तानसेन, रिडी, बाग्लङ्ग हुँदै कोराला जाने सडकको ट्रयाक खोल्न अब १२ किलोमिटर मात्रै बाँकी रहेको जानकारी समेत दिए । उनले ट्रयाक खोलेर उत्तरदेखि दक्षिण जोडने सडक कालोपत्रे गरिने बताए ।

पौडेलले पाल्पाको मध्य भागको सडक आर्यभञ्याङ्ग, ताहु, रामपुर सडक र हार्थोकदेखि छहरा बल्ढेगढी सडकलाई दुई लेन गरी कालोपत्रे गरिने पनि सुनाए ।

तानसेनको खानेपानीको समस्या समधानका लागि रानीघाटको खानेपानी लिफ्ट गरिने आश्वसन पनि दिए । उनले बुटबल-तानसेन-पोखरा सडक सर्वे गरी नयाँ तरिकाले मर्मत र पुनर्निर्माण गरिने जानकारी दिए । मन्त्री पौडेलले गुफाचौरमा गणेश मन्दिर स्थापना गरी धार्मिक पर्यटन प्रर्वद्धन गर्न सहयोग गर्ने बताए ।
स्रोत-onlinekhabar

Read More

पाल्पामा दीप बोरिङ बाट पानी निकलिदै

8:55 AM
पाल्पा । बिगत लमो समय देखी खानेपानीको समस्या झेल्दै आएका पाल्पाबासिको लागि खुशिको खबर आएको छ । पाल्पाको श्री नगर डाँडा मा आहिले दीप बोरिङ्ग पद्द्ती मार्फत पानी निकल्ने प्रयस गरिदै छ । बिगत  दिन देखी दुइवटा ठुला मेसिनरुले धामाधम काम गरिरहेको र त्यस  ठाउँ बाट  दैनिक पाँच लाख लिटर खानेपानी आपूर्ति हुने  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले बताए।



                 यहाँबाट निस्कने पानी सबैभन्दा पहिले श्रीनगर क्षेत्रमा / बाँकी रहेको पानी तानसेन बजार क्षेत्रमा वितरण गरिनेछ। पानीको अभावले श्रीनगरको पर्यटन प्रभावित भइरहेको अवस्थामा यसरी पानी वितरण गरिएपछि त्यहाँको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। श्रीनगरमा वितरण गरेर यो स्रोतबाट निस्केको पानी पनि हाल तानसेन खानेपानी उपभोक्ता समितिले वितरण गरिरहेको पानीको प्रसारण लाइनमै मिसाइ वितरण गरिने डिभिजन प्रमुख शाक्यले बताए।
                अहिले तानसेनमा दैनिक २५/२६ लाख लिटर पानीको माग छ। शाक्यका अनुसार पछिल्लो समय मागको आधा मात्रै आपूर्ति भइरहेको छ। श्रीनगरको बोरिङबाट दैनिक ५ लाख लिटरको हाराहारीमा पानी निस्कन्छ। त्यति पानी थपिँदा पनि तानसेनबासीले अहिलेको खानेपानी अभावबाट उल्लेख्य राहत पाउने शाक्य बताउँछन्। अहिले सुख्खा मौसममा बोरिङ गर्दा प्रतिसेकेण्ड पाँच लिटर पानी निस्कने अनुमान गरिएकोमा बर्षामा भने यो फ्लो बढ्नेछ।
Read More

पाल्पा प्रहरी प्रमुखमा एसपी वाग्ले

7:38 AM

फागुन २४ । पाल्पा,
                          प्रहरी प्रधान कार्यालयले पाल्पा प्रहरी प्रमुखमा एसपी हरिराज वाग्लेलार्इ नियूत्त गरेकाे छ।
यस अघि  पाल्पा प्रहरी प्रमुखमा डिएसपी रहँदै अाएकाेमा अव देखी एसपी हुने भएका छन् । गृह मन्त्रालयवाट यस अघिनै पहाडी  जिल्लामा एसपीलार्इ प्रहरी प्रमुख वनाउने निर्णय भएकाे  थियाे ।



Read More

फुटबलमा नेपाललाई २३ वर्षपछि उपाधि

11:57 PM
बांग्लादेशको राजधानी ढाकामा भएको खेलमा बहराईनलाई हराउँदै नेपालले झण्डै अढाई दशकपश्चात अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको छ।
नेपालको जितमा नवयुग श्रेष्ठले २ तथा विमल घर्तीमगरले १ गोल गरेका हुन्। बहराईनले कुनै गोल गर्न सकेन।

ऐतिहासिक सफलता
जितपछि बोल्दै नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबलले ऐतिहासिक सफलता पाएको भनी प्रतिक्रिया दिए।
उनले भने, "हामीले अर्को इतिहास रचेका छौं। यो जितको नेपाली फुटबललाई निकै जरुरी थियो।"
पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका रक्षक कप्तान विराज महर्जनले यो सफलता सबै खेलाडीहरुको मेहनत र प्रशिक्षकको सही निर्देशनको फल भएको बताए।
"हामी यहाँ सेमिफाइनल पुग्ने लक्ष्यका साथ आएका थियौं। फाइनल पुगेपछि भने हाम्रो लक्ष्य उपाधि नै जित्नु थियो," उनले भने।
नेपालले यसअघि सन् १९९३ मा ढाकाको यही बंगबन्धु रंगशालामा भारतलाई हराई दक्षिण एशियाली खेलकूदको च्याम्पियन बनेको थियो।



संयोग के रह्यो भने सो बेला खेलाडीका रुपमा नेपाललाई स्वर्ण जिताउने बालगोपाल महर्जन र उपेन्द्र मान सिंह यो प्रतियोगितामा मुख्य प्रशिक्षक र प्रशिक्षकका रुपमा रहेका छन्।
विभिन्न ८ टोली सहभागी यस प्रतियोगितामा नेपालले १ गोल खाएको थियो भने ८ गोल गरेको थियो।
सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४-१ ले हराएको थियो। उसले लिग चरणमा श्रीलंकालाई हराएको थियो भने बांग्लादेशलाई बराबरीमा रोकेको थियो।
उपाधि सहित नेपालले ५० हजार अमेरिकी डलर पनि जितेको छ।
नयाँ युग
करिब चार महिना अगाडी नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सहित तीन खेलाडीमाथि अन्तर्राष्ट्रिय खेलमा खेल मिलेमतो गरेको आरोप लागेको थियो।
उनीहरु विरुद्ध हाल अदालतमा मुद्दा चलिरहेको छ। यसबीच अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई समेत फिफाले आर्थिक अनियमितताको मामिलामा मुछिएको भन्दै १० वर्ष प्रतिबन्ध लगाएको छ।
हालको नेपालको फुटबल टोलीमा युवा खेलाडीहरुको बाहुल्य छ।बीबीसी
Read More

सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा ठूलो

11:29 PM
अमेरिकी खगोलविद्हरुले सौर्यमण्डलमा एक नयाँ ग्रह फेला पारेका छन् । उनीहरुका अनुसार यो ग्रह पृथ्वीको आकारभन्दा १० गुणा ठूलो रहेको छ ।

क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलोजीका शोधकर्ताले उक्त नयाँ ग्रहको नाम प्लानेट नाइन अर्थात् नवौँ ग्रह राखेका छन् । यो ग्रहले बरुण ग्रहभन्दा अरबौँ माइल टाढाबाट सूर्यलाई परिक्रमा गरिरहेको छ ।
यद्यपि कम्प्युटर मोडलिंगमा आधारमा यो शोधको नतिजा निकालिएको हो । तर सौर्यमण्डलमा यो नवौँ ग्रह अस्तित्वमा रहेको आफुलाई पूर्ण विश्वास रहेको शोध रिपोर्टका सह लेखक कोनस्टान्टिन बेटेगिनले बताएका छन् ।
यो निकै आश्चर्यजनक खोज रहेको र यसले आकाशगंगाको विषयमा आम बुझाइ अझ बढने उनको दाबी छ । बीबीसी

Read More

नेपाल र बहराइन भड्दै

9:41 PM


८ माघ, काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा उपाधीका लागि आज नेपालले बहराइनको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल आफ्नो पक्षमा रहने भन्दै प्रशिक्षक बालगोपाल महजर्नले सेमिफाइनलमा नसोचेको प्रदर्शन गर्न टोली सफल भएको भन्दै यही नतिजा फाइनलमा पनि दोहोर्याउन खेलाडी तयार रहेको बताएका छन् ।
मैदानमा नेपाली टोलीलाई उल्लेख्य दर्शकले साथ दिने अपेक्षा रहेको छ । अध्ययनका लागि ढाका पुगेका नेपाली विद्यार्थी तथा बंगलादेश नजिकको छिमेकी भएकोले दर्शकको साथले जितलाई निश्चित गर्न सजिलो हुने महर्जनको विश्वास छ ।
यो प्रतियोगिता जितेर आउनसके नेपाली फुटबलका लागि सकारात्मक सन्देश हुने र फुटबलको विकासमा सहयोग पुग्ने महर्जनको विश्वास छ ।

Read More

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४९.२ प्रतिशत उत्तीर्णमौका परीक्षा माघ २९ गते हुने

3:45 AM
३० पुस, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गएको असारमा भएको परिक्षामा सहभागी मध्ये नियमित तर्फ ४९.२ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

नियमिततर्फ १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्ले जनाएको छ । २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएका थिए ।
अघिल्लो वर्ष ४७. २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आंशिकतर्फ ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आंशिकतर्फ ४३ हजार ९८३ जना पास भएको परिषदले जनाएको छ । आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी थिए ।
एक विषय लाग्ने परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन् । मौका परीक्षा माघ २९ गते हुनेछ ।
स्रोत-:onlinekhabar
Read More

Post Top Ad