Sudeep
6:41 AM
७ वेशाख । पाल्पा अन्लाइन,तानसेन,
स्थानिय निकाएकाे चुनाव नजीकीदैँ गर्दा पाल्पा जिल्लाका १० वटै स्थानिय निकाएका विभिन्न पदकाे उम्मेदवार मा थुर्पै व्यक्तिहरूकाे चर्चा चलिरहेकाे छ । प्रमुख दल काँग्रेस , एमाले , माअाेवादी केन्द्र लगाएतका दलले अझै उम्मेदवारकाे चयन गरेका छैनन् । यसै विचमा राष्ट्रिय जनमाेर्चाले पाल्पामा अन्य दलहरू भन्दा पहिलानै स्थानिय निकाएका सम्पूर्ण उम्मेदवारहरूकाे टुंगो लगाइ सकेकाे छ । यसै मध्ये राष्ट्रिय जनमाेर्चाका तर्फवाट तानसेन नगरपालिकाको मेयरका उम्मेदवार टिकाराम पौडेलले अाफ्नाे फेसवुक स्टाटसमा नगर विकासकाे याेजना सहितकाे अाफ्नाे उम्मेदवारी सार्वजनिक गरेका छन् । पढाैँ उनकाे याेजना जस्ताकाे त्यस्तै ः
आदरणीय तानसेनवासी न्यायप्रेमी जनसमुदायहरु, विगत २० वर्ष देखि
हाम्रो स्थानीय निकाय जनप्रतिनिधि बिहिन बनेको हामीलाई सर्वविधितै छ । जसले
गर्दा विकास निर्माणका कार्यहरू चुस्त र दुरुस्त रुपमा हुन सकिरहेको थिएन ।
कर्मचारी तन्त्र हावी हुँदा सस्थागत भ्रष्टाचार मौलाउँदै गइरहेको थियो ।
बिकासलाई चुस्त दुरुस्त पार्न र स्थानीय तहमा नगरिकका सम्पुर्ण अधिकार
प्राप्त गर्न आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनको
ठूलो महत्त्व रहेको छ । त्यहाँ भन्दा ठूलो महत्त्व त हामीले स्वछ छवि भएका र
प्राप्त अधिकारलाई पुर्ण रुपमा सदुपयाेग गर्ने व्यक्तिलाई निर्वाचित गराउन
जरुरी रहेको छ ।
त्यसैले नगर विकासमा नयाँ आयाम थप्न र
तानसेन नगरलाई सुबिधा सम्पन नगरको रुपमा स्थापन गर्न आगामी चुनावमा
राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनाव चिन्ह 'गिलास' लिएर तानसेन नगरपालिकाको
मेयर पदका लागि उम्मेद्बारी दिदै छु । यहाँहरुको भोट मेरो लागि किन र केका
लागी भन्ने जिज्ञासालाई मेटाउन म यहाँहरु समक्ष यो प्रतिबद्धता पत्र पेश
गरेको छु । विश्वास छ , यहाँहरुले मलाइ अत्याधीक मतले बिजय गराउनु हुनेछ ।
१. सुन्दर र पर्यट्किय नगर :
-- तानसेनलाई पर्यटनको केन्द्र बनाउने छु , यहाँको प्रचार प्रसार
नगरपालिका देखिनै बिश्वब्यापी गर्नेछु । पर्यटनलाई प्रवर्द्धन गर्न विभिन्न
टुर्स एन्ड ट्राभलहरु मार्फत पर्यट्किय प्याकेजहरु निर्माण गर्नेछु ।
-- श्रीनगर क्षेत्रलाई सुविधा सम्पन्न वनभोज स्थल र बृहत बोटानिकल पार्क बनाउने छु ।
-- भ्यु टावरलाई छिट्टै सम्पन्न गरि सुबिधा सम्पन्न भ्यु टावर बनाउने छु ।
-- एतिहासिक महत्त्व बोकेका विभिन्न दरबार र मठ मन्दिरलाई पर्यटक
लाेभ्याउने स्थलका रूपमा निमार्ण गर्ने छु । तानसेन दरबार , रानिघाट र
अर्गली दरवारलाइ संग्रहालय बनाइ पाल्पा र तानसेनको इतिहास अध्यन गर्ने
थलोको रुपमा बिकास गर्नेछु ।
-- पर्यटकलाई पाल्पा र तानसेनको बारेमा जानकारी गराउन पर्यटक सूचना केन्द्र स्थापना गर्ने छु ।
२ सडक खानेपानी र पुर्वाधार :
-- हाल रहेको तानसेन गुल्मी सडक खण्ड साघुरो भएकोे छ , जसले गर्दा
दुर्घटनाको जोखिम बढाएको छ । त्यसैले यसको विकल्पमा होलाङ्दि - ढुङ्गाखानी
सडकलाई चार लेनको स्तरिय वाइपास सडक निर्माण गर्ने छु । र तानसेन बजारको
सडकलाइ स्तरीय सडक निर्माण गरी सहरी सडक वनाउने छु ।
--सम्पुर्ण सडक पुर्ण रुपमा पिच तथा ढलाइ गरि धुलो मुक्त सडक निर्माण गर्ने छु ।
-- तानसेनको खानेपानी समस्यालाइ समाधान गर्न कालिगन्डकी लिफ्टीङ् ,
श्रीनगर बोरिङ जस्ता आयोजनालाइ छिट्टै सम्पन्न गर्ने छु । र यहाँको आन्तरिक
मुलहरुलाई टङ्कि स्थापन गरेर संकलन गरि बितरण गरिनेछ ।
--नगरपालिकाको सबै क्षेत्रमा आधुनिक र स्तरिय सडक,खानेपानी,ढ्ल,बिजुली जस्ता पुर्वाधार निर्माण गर्नेछु ।
३ प्राबिधिक शिक्षालय निर्माण
-- तानसेन नगपालिकामा नै स्नाकोत्तर तह सम्मै पढाइ हुने प्राबिधिक
क्याम्पस स्थापना गर्ने छु । जसले गर्दा इन्जिनियरिङ , आइटि र विभिन्न
प्राविधिक बिषयहरुको अध्यापन तानसेन मै गराइने छ ।
-- अध्यनलाई प्रभाकारी बनाउन नगरपालिका बाटै डिजिटल लाइब्रेरी स्थापना गरिने छ ।
४ प्रत्येक वडामा सुबिधासम्पन्न स्वास्थ चौकी निर्माण
-- प्रत्येक घरमा स्वास्थको पहुँचहुने गरि हरेक वडामा एमबीबीएस डाक्टर सहितको सुबिधाजन्य स्वास्थ चौकी निर्माण गर्नेछु ।
५ उद्योगको स्थापना र रोजगारको अवसर
-- तानसेन पाल्पाली ढाका र करुवामा प्रसिद्ध क्षेत्र पनि हो , तर द्क्ष
कामदारको अभावमा यी उद्योग धरासायी बनेको छ । यसको संरक्षणका निम्ति
सिपमुलक तालीम प्रदान गरेर थप उद्योग खोल्न प्रोत्साहन गरिने छ।
-- साथै अन्य उधोग खोल्न प्रोत्साहन गरिने छ र खोल्न चाहनेलाई उपयुक्त रिण पनि उपलब्ध गराउने छु ।
-- सीपमुलक र रोजगार सिर्जना गर्ने व्यवसाय ,उद्योग खोल्न प्रोत्साहन गरिने छ ।
६ सफा र सुन्दर नगर :
-- फोहोरहरुलाई व्यवस्थापन गर्न नगरपालिकाको विभिन्न क्षेत्रमा आधुनिक र दुर्गन्ध रहित ल्यान्ड फिल्ड साइट निर्माण गर्ने छु ।
-- धेरै जसो फोहोरहरु घरमै रिसाइकल गर्न सकिने हुदा , नगरपालिकाबाट प्रत्येक घरलाई फोहर रिसाइकल गर्ने उपकरणहरु उपलब्ध गराउने छु ।
-- नगर सफा राख्न नयाँ अभ्यास सुरु गर्ने छु , जस्तै हरेक महिनाको दोस्रो
सोमबार नगर सरसफाइ दिवस हुनेछ , जुन दिन सम्पुर्ण सरकारि कर्मचारी र
स्थानीय जनताको सक्रियतामा आफ्नो आफ्नो टोल सरसफाइ गरिने छ । र अन्य थुप्रै
अभ्यासहरु जनताको सक्रियतामा गर्ने छु ।
७ आधुनिक बसपार्क , बस स्ट्यान्ड र सार्वजनिक शौचालय
-- तानसेन नगरपालिकामा सुबिधा सम्पन्न बसपार्क निर्माण गर्नेछु ।
यात्रुहरुको प्रतीक्षाका लागि बिभिन्न स्थानमा सोलार बत्तीसहितको आधुनिक बस
स्ट्यान्ड निर्माण गर्नेछु ।
-- मानिसहरु आवतजावत हुने प्रमुख स्थानहरुमा सुबिधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्नेछु ।
८ नगर बस र नगर ट्याक्सी
--- जनतालाई आवतजावत गर्न सजिलोका लागि नगरपालिकाबाट नै स्तरीय नगर बस र ट्याक्सी संचालन गर्ने छु ।
९ स्माट सिटि र स्माट सेवा
-- तानसेनलाई स्माट सिटिको रुपमा निर्माण गर्नेछु । जनताले सरकारी
कार्यालयको विभिन्न सेवाहरु मोबाइल एप्स र वेभसाइट बाटै प्राप्त गर्न सक्ने
सिस्टम निर्माण गर्नेछु ।
१० खेलमैदान र पार्क
-- दमकडामा
राष्ट्रिय स्तरको क्रीकेट रंगशाला र फुटबल रंगशाला निर्माण गरिने छ ।
टुंडिखेमा व्यवस्थित तथा घुम्न र विश्राम गर्ने पार्क निर्माण गरिने छ ।
११ कृषि , सहकारी र बजार
-- किसानहरु लाई व्यवसायी कृषि तर्फ आकर्षण गरिने छ र उत्पादित वस्तुलाई सिधै बजार सम्म पुर्याउने वातावरण मिलाइने छ
-- गाउँ गाउँ मा सहकारी घर घरमा भकारी भन्ने नारालाई ध्यानमा राखी प्रत्येक वडामा सहकारी खोल्न प्रोत्साहन गरिने छ ।
अन्तमा माथि उल्लेखित प्रतिबद्धता कुनै झुटो आश्वासन नभइ आफुले गर्न सक्ने
काम उल्लेखित गरेको छु । यी प्रतिबद्धता हरु राजनीतिक गफ नभइ पुर्ण रुपमा
तानसेन नगरपालिकालाई सम्मुन्नत बनाउने मार्ग दर्शन हो । आफू निर्वाचित
नभएको खण्डमा पनि नयाँ निर्वाचित प्रतीनिधिलाई नगरलाई सम्मुन्नत बनाउन
सहयोग गर्ने छु । त्यसैले आदरणीय बुबा आमा , दाजु भाइ तथा दिदीबहिनीहरुले
हाम्रालाई होइन राम्रालाइ बिश्वास गर्नु हुनेछ र बाउबाजेको पार्टीलाई भन्दा
पनि राम्रो काम गर्ने उमेदवारलाई मतदान गर्नु हुने छ भन्ने बिश्वास लिएको
छु । र आगामी निर्वाचनमा गिलास चिन्हमा मतदान गरि राम्रा उमेदवारहरु लाई
निर्वाचित गर्न हार्दिक अनुरोध गर्दछु ।
टिकाराम पौडेल
९८४७०४३२५३