२७ असार, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । प्रतिनिधिसभा निर्वाचनमा तीन प्रतिशत न्यूनतम थ्रेसहोल्ड रहने प्रस्ताव गरिएको खबरलाई आजका सबैजसो पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।
मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान लागेपछि मुख्य सचिवका लागि दौडधुप बढेको खबर पनि आजका पत्रपत्रिकाहरुमा छन् । नेपालमा विकासले गति लिन नसक्नुका कारणबारे पनि पत्रिकाहरुले आज उत्खनन् गरेका छन् ।
‘स्थानीय तहलाई साउनमै बजेट खर्चको अख्तियारी’ शीर्षक दिएर मुख्य खबर लेखेको गोरखापत्र दैनिकले प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावसहित प्रतिनिधिसभा निर्वाचन विधेयक पेश गरेको लेखेको छ । गोरखापत्रमै वर्षाले नदी किरानारामा जोखिम बढेको खबर पनि छ ।
कान्तिपुर दैनिकले समानुपातिक सिटका लागि थ्रेसहोल्ड कट्नैपर्ने लेखेको छ भने नयाँ पत्रिका दैनिकले नेपालको विकासले गति लिन नसक्नुको कारणबारे बहस छेडेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले अक्षयकोषबाट माओवादी नेता भागेको लेखेको छ । नागरिक दैनिकले मुख्य सचिव बन्न सचिवबीच चलेको दौडधुपबारे समाचार लेखेको छ ।
Post Top Ad
पत्रपत्रिकाको फ्रन्टपेजः राष्ट्रिय दल बन्न तीन प्रतिशत मत कटाउनै पर्ने!!
'हेर्दा हेर्दै बुहारी चढेको जीप खोलाले बगायो'
कृष्ण पोखरेल
१११२ मा फोन गर्नुस्, गृहमन्त्रीलाई गुनासा सुनाउनुस्
२६ असार, काठमाडौं । नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने भएका छन् । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो ।
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए । सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।
प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्ने मन्त्री शर्माले बताए । स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए तत्काल कार्वाही गर्ने गरी मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।
source: Onlinekhabar
सिंहदरबारमा र दुर्गम क्षेत्रमा ब्याट्री स्टोरेज राख्ने कुलमानको योजना!!
२४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरेको छ ।
ठूलो क्षमताका ब्याट्रीको स्टोरेज परीक्षण गर्न एउटा दूर्गम गाउँमा पनि यस्तै ब्याट्री बैंक राख्ने योजना अघि सारिएको छ ।
अति सबंेदनशील क्षेत्र मानिएपनि सिंहदरबार र राष्ट्रपति भवनमा अहिले बेला-बेलामा लाइन जाने गरेको छ । प्रसारणलाइनको समस्या र ट्रान्सर्फमर पड्कँदा समय-समयमा लाइन जाने गरेको छ ।
यस्ता संवेदनशील क्षेत्रमा हरेकपल विद्युत् उपलब्ध हुनपर्ने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५ देखि १० मेगावाटसम्मका ब्याट्री राख्ने योजना बाहिर ल्याएका हुन् ।
उनले भने ‘विभिन्न समयमा विभिन्न कारणले सिंहदरबार र राष्ट्रपति भवनमा पनि विद्युत् आपुर्तिमा अवरोध हुने गरेको छ, यस्तो हुन हुँदैन भनेर हामीले अहिले दुवै ठाउँमा ५ मेगावाटसम्मका ब्याट्री राख्ने तयारी गरेका छाैं । ‘
शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो ब्याट्री स्टोरेज राख्नको लागि अहिले एसियाली बिकास बैंकसँग छलफल गरिरहेको जानकारी दिए ।
५ मेगावाटसम्मका ब्याट्री इन्स्टलेशन भएसँगै सिंहदरबार र राष्ट्रपति भवनमा विद्युत आपुर्ति टुटेको समयमा पनि जेनेरेटर चलाउन पर्ने बाध्यता पनि टर्नेछ ।
साथै उनले सिंहदरबार र राष्ट्रपति भवनबाहेक एक दूर्गम स्थानको गाउँमा पनि परीक्षणका रुपमा यस्तो खालको ब्याट्री राख्ने योजना बनाएका छन् । तर, कुन जिल्लाको कुन गाउँमा राख्ने भन्ने हालसम्म तय नभएको उनको भनाइ छ ।
उनले भने ‘ग्रामीण भेगमा पनि एक ठाउँमा यस्तो ब्याट्री पाइलट प्रोजेक्टको रुपमा इन्स्टलेशसन गर्ने योजना बनाइरहेका छौं ।’
कुलमानले नेपालमा बषर्ायामममा धेरै बिजुली उत्पादन हुँदा खेर जाने अवस्था रहेको भन्दै यी प्रोजेक्टमार्फत परीक्षण गरेर ठूला ब्याट्री स्टोरेज राख्ने योजना पनि अघि बढाइने बताए ।
‘एक सय मेगावाटसम्मका विजुली ब्याट्रीमै स्टोर गरेर राख्न सकिने प्रविधि आइसकेको छ । अब धेरै विजुली उत्पादन हुँदा त्यसरी स्टोरेज गर्ने र अभावका बेलामा खपत गर्ने योजना हाम्रो हो’ घिसिङले भने ।
के हो ब्याट्री स्टोरेज ?
बिजुली उपलब्ध नहुँदा मोबाइल चार्जका लागि प्रयोग गरिने पावर बैंक जस्तै हो ब्याट्री स्टोरेज । तर, यसमा सयौं मेगावाट बिजुली स्टोर गर्न सकिन्छ ।
वर्षायाममा नदीको बहाब उच्च हुँदा बिजुलीको उत्पादन मागभन्दा बढी हुन्छ, र खेर गइरहेको छ । अब यसरी खेर जाने विद्युतलाई ब्याट्री बैंकमा जम्मा गर्ने र सुख्खायाममा उपयोग गर्न विद्युत प्राधिकरणले अध्ययन थालेको हो ।
‘अहिले हामी सुख्खायामका लागि कुलेखानीमा पानी जमाउँछौं । तर, यो ब्याट्री बैंकमा भने वर्षायाममा बढी उत्पादन भएका विद्युत् जम्मा गर्न सकिन्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन्, ‘हाम्रा अधिकांश आयोजना ‘रन अफ दि रिभर’ प्रणालीमा भएकाले माग कम भएको समयमा पनि आयोजना चलाएर स्टोर गर्न यो उपयोगी हुने देखिन्छ ।’
उनका अनुसार वर्षायाममा पीक आवरबाहेकका समयमा बिजुली माग भन्दा बढी उत्पादन हुने गरेको छ । र, धेरै जलविद्युत आयोजना क्षमता भन्दा निकै कम चलाइन्छ ।
तर, ब्याट्री बैंक स्थापना भयो भने आयोजना बन्द गर्नु पर्दैन, बढी उत्पादन भएको विजुली यो बैंकमा जम्मा गर्न सकिन्छ ।
धेरै विजुली उत्पादन भएको समयमा विजुली भण्डार गरेर पछि हिउँदमा खपत गर्न यो प्रविधि उपयोगी हुने विश्वास प्राधिकरणको छ ।
कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’!!
२४ असार, काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ ।
शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ ।
जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने उल्लेख छ ।
यो रिपोर्ट सन् १९८५ मै बनेको हो, जसलाई कार्यान्वयनमा लैजाने हो भने नेपालले ठूलो आर्थिक उपलब्ध हासिल गर्न सक्छ ।
तर, २० वर्षसम्म मास्टर प्लानअनुसार एउटा पनि काम भएका छैनन् । जसका कारण नेपाल अझै ऊर्जा संकट ब्यर्होर्दै त छ नै, बेला-बेलामा भारतबाट पारवाहनमा हुने अवरोध अर्थात नाकाबन्दी समेत सहन बाध्य छ ।
कुलमानले शनिबार खुलासा गरेको रिपोर्ट नेपालको राजनीतिक नेतृत्वका लागि नयाँ विषय भने हैन । कुलामनले प्राधिकरणको प्रवन्ध निर्देशक भएपछि अब यही मास्टर प्लानअनुसार आयोजनाहरु बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वलाई रिपोर्टको सारसहित प्रिजेन्टेशन गरिसकेका छन् ।
उनले भने-‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ ।’
अहिले जलासययुक्त आयोजनालाई छाडेर नदीहरुमा साना आयोजना बनाउने अनुमति दिँदा भोलि ठूला आयोजना बनाउन समस्या हुने तर्क कुलमानको छ ।
‘९०० मेगावाटको दूधकोशी जलासययुक्त आयोजना बनाउछौंँ भन्दा डुबान क्षेत्रमै पर्ने गरी भारतीय कम्पनीलाई ४० मेगावाटको आयोजनाको लाइसेन्स दिइएको रहेछ’ कुलमानले भने ‘अब यसरी त हुँदैन ।’
उनले अघि भने, ‘ठूला जलासययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’
कसरी सम्भव छ काभ्रेसम्म पानीजहाज ?
पानी जहज चल्नका लागि समुन्द्र नै चाहिन्छ भन्ने होइन । तर, अहिलेकै अवस्थामा नेपालका नदीमा पानीजहाज आउने पनि सम्भव छैन ।
किनकी पानीजहाज ५ मिटरभन्दा कम गहिराईमा चल्न सक्दैन । हाम्रा देशका नदीहरु सबै स्थानमा ५ मिटर गहिरो छैनन् ।
तर, जाइकाले २० वर्ष अघि तयार पारेको रिपोर्टमा पानीजहाज पनि चलाउन सक्ने गरी अब सप्तकोशी -चतरा)देखि सुनकोशी-३ (दोलालघाट) सम्म विभिन्न जलासययुक्त आयोजना बनाउन सकिन्छ । यो बीचमा ४ वटा ठूला जलासययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ ।
यसका लागि सप्तकोशीमा बाँध बाँधेर सुनकोशी-१, सुनकोशी-२ र सुनकोशी-३ गरी थप ३ वटा बाँधसहितका जलाशय बनाउनुपर्छ । यसैका सहायकमा रुपमा तमोर, दूधकोशी लगायतका जलायसयक्त आयोजना पनि बन्न सक्छन् ।
साथै पानी जहाजलाई एउटा जलासयबाट अर्को जनालयमा लैजान भने बाँधहरुमा पानी वा विजुलीकै माध्मबाट लिफ्ट गर्न सकिने रिपोर्टमा उल्लेख छ ।
कसरी गरिन्छ एउटा जलासयबाट अर्कोमा जहाज लिफ्ट ? चीनको भिडियो हेनुस्
रिपोर्टमै सप्तकोशीबाट सुनकोशी-१, सुनकोशी-२ र सुनकोशी-३का जलायसहरुको बाँधमा जहाज लिफ्ट सिस्टम जोड्न सकिने उल्लेख रहेको विद्युत प्राधिकरणका प्रमुख कुलमानले बताए । यसरी ४ ठाउँमा लिफ्ट राख्दा पानी जहाज दोलालघाटसम्म ल्याउन सकिने अवस्था छ । छिमेकी चीनले पनि यो प्रविधिमा अपनाएर नदीहरुमा पानीजहाज सञ्चालन गरिरहेको छ ।
साथै चार वटा जलाशयबाट १२ हजार मेगावाटसम्म विजुली निकाल्न सकिने कुलमानले जानकारी दिए । उनका अनुसार सप्तकोशीसम्म पानी जहाज ल्याउन भारतको गंगाको पानीलाई च्यानलाइज भने गर्नुपर्छ ।
५ मिटर पानी नघट्ने गरी भारतसँग समझदारी गरेर पानीजहाज नेपालसम्म ल्याउन सकिने अवस्था अझै पनि विद्यमान छ ।
बिहारमा बाढीको समस्या हट्छ
‘गंगामा वर्षभरीमा बग्ने पानीको ४१ प्रतिशत र हिउँदमा बग्नेमध्ये ७१ प्रशितत नेपालबाटै जाने पानी हो’ कुलमानले भने, ‘वर्षमा कोशीमा आउने बाढीले बिहारको हजारौं बिगाह जमिन नष्ट गर्छ । बाँध बन्यो भने यो पूर्ण रुपमा रोक्न सकिन्छ ।’ उनले बर्खायामको सबै बाढीको पानी जलासयमै जम्मा हुने भएकाले यो क्षेत्रको बाढीको समस्या अन्त्य नै हुने बताए ।
साथै यस्ता आयोजनाबाट हुने बेनिफिट सेयरिङ गर्दै भारत र बंगलादेशसँग पनि सहकार्य हुन सके नेपालले ठूलो आर्थिक फड्को मार्ने बताए ।
सिँचाइ, फिसिङ, यातायात र खानेपानीको सम्भावना
माथिल्लो भागमा पानी थुनिँदा तल्लो भागमा सिँचाईमा पर्न सक्ने अप्ठेरो पनि सुरुङमार्फत पानी लैजादा हट्ने कुलमानको भनाइ छ । त्यसका लागि सुनकोशीबाट १५ किलोमिटरको सुरुङमार्ग बनाएर तराईमा पानी पुर्याउन सकिने उनले बताए ।
कुलमानले यो प्रस्तावित आयोजनाहरु बनाउँदा ठूलो संख्यामा घर-परिवार विस्थापित हुने अवस्था पनि नरहेको बताए । यस्तो आयोजना बने नेपालबाट वाषिर्क ६२ अर्बको माछा निर्यात गर्न सकिने देदिएको कुलमानले बताए ।
‘जलासयमा फिसिङ टुरिजमको पनि विकास गर्न सकिन्छ । पर्यापर्यटन पनि यसैमार्फत प्रवर्द्धन हुन सक्छ’ घिसिङले भने, ‘भारतसम्म खानेपानीको स्वच्छ आपूर्तिका लागि पनि यस्ता आयोजना बरदान हुन सक्छ ।’
यो भएमा नेपालमा जल यातायताको सम्भावनाको ढोका खुल्ने र सडक यातायात भन्दा छिटो र सुरक्षित रुपमा बोटमा जलयात्रा गर्न सकिने पनि बताए ।
बाँधको चुनौती
सम्भावना प्रशस्त भएपनि जलासयुक्त आयोजना बनाउँदा केही जोखिम पनि रहेको उनले सुनाए । डुबान क्षेत्रको ब्यवस्थापनसँगै बाँधहरुको सुरक्षाको विषय चुनौति भएको कुलमानको भनाइ छ ।
‘यस्ता आयोजनाका बाँध ठूला भूकम्पले क्षति नपुर्याउने किसिमका हुनुपर्छ’ कुलमानले भने,’यो कोशी बेसिनको मास्टर प्लानअनुसार काम भयो भने भारत र बंगलादेशले पनि ठूलो लाभ लिन सक्छन् । त्यसैले अब यसलाई राजनीतिक तहबाटै अघि सारेर योजनाहरु बन्नुपर्छ ।’
जलासयमा गए डेढ लाख मेगावाट
कार्यक्रममा प्राधिकरणका प्रमुख कुलमानले देशभर ३० भन्दा बढी ठूला जलासयुक्त आयोजना बन्ने अवस्था रहेको तथ्य पनि प्रस्तुत गरे । महाकाली बेसिनमा ८ हजार, कर्णली बेसिनमा २२ हजार र गण्डक बेसिनमा २५ हजार मेगावाट विजुली उत्पादनको सम्भावना रहेको अध्ययन रिपोर्टले देखाएको छ ।
घिसिङका अनुसार जलासयुक्त आयोजना बन्ने हो भने डेढ लाख मेगावाटसम्म विजुली उत्पादन गर्न सकिने अवस्था छ । यसका लागि नेपाल-भारत बंगलादेश लगायतका मुलुकले ‘वीन-वीन सिच्वेसन’ बनाएर बेनिफिट सेयरिङ गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ ।
लुकाकुका लागि म्यान्चेस्टर युनाइटेडले ७५ मिलियन पाउण्ड खर्चने
काठमाडौं । एभर्टनका स्ट्राइकर रोमेलु लुकाकु म्यान्चेस्टर युनाइडेटमा आवद्ध हुने भएका छन् । बीबीसीले युनाइटेडका उच्च स्रोतलाई उदृत गर्दै भनेको छ कि लुकाकु ७५ मिलियन पाउण्ड हाराहारीको मूल्यमा युनाइटेड अनुबन्ध हुँदैछन् ।
२४ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुले गत सिजन पि्रमियर लिगमा २५ गोल गरेका थिए ।
युनाइटेड यस समरमा अधिकांश समय लुकाकुको पिच्छा गरिरहेको छ । उनी अनुबन्ध भए भने युनाइटेड रियलका स्पेनिस स्ट्राइकर अल्भारो मोराटाप्रति इच्छुक हुनेछैन ।
तर, एभर्टनले भने अहिलेसम्म कुनै सम्झौताबारे युनाइटेडसँग छलफल सुरु नभएको प्रतिक्रिया दिएको छ ।
लुकाकुको युनाइटेडसँगको सम्झौता र उसका स्ट्राइकर वायने रुनी एभर्टनमा आउन सक्ने हल्लाबीच कुनै सम्बन्ध नरहेको बताइएको छ ।
आगामी आइतबार प्री-सिजन टूरका लागि अमेरिका जानुभन्दा पहिले नै लुकाकु युनाइटेडमा अनुबन्ध हुने कुरामा प्रशिक्षक जोसे माउरिन्हो आशावादी छन् ।
गत सिजनको अन्तिमतिर नै प्रशिक्षक माउरिन्होले युनाइटेडलाई आवश्यक हुनसक्ने स्ट्राइकरको लिष्टमा लुकाकुको नाम समावेश गरी क्लवका कार्यकारी उपाध्यक्ष एड उडवार्डलाई पठाएका थिए ।
लुकाकु आफ्नो पूर्व क्लव चेल्सीसँग नजिकिएको समाचारहरु पनि सार्वजनिक भएका थिए । उनी सन् २०११ मा एण्डरलेक्टबाट चेल्सीमा अनुबन्ध भएका थिए ।
चेल्सीको प्रशिक्षक रहँदा माउरिन्होले सन् २०१४ मा लुकाकुलाई २६ मिलियन पाउण्डमा एभर्टन पठाएका थिए ।
लुकाकु तिनै एजेण्टका क्लाइन्ट हुन् जसले पाउल पोग्वा, ज्लाटन इब्राहिमोबिच र हेनरिख म्खीतारयानलाई गत सिजन युनाइटेडमा अनुबन्ध गराएका थिए ।
फिल्म समिक्षा:गरिब पात्रको कथा 'धनपती'
फिल्म – धनपति
निर्देशक- दीपेन्द्र के खनाल
स्टार कास्ट- खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, रवी गिरी आदि ।
अघिल्लो वर्ष ‘उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक’ को अधिकांश फिल्मी अवार्ड कब्जा गरेको थियो, पशुपतिप्रसादले । यो फिल्म दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको पसिना, लगाव र सिर्जनशीलताको पुञ्ज थियो ।
उनै दीपेन्द्र र खगेन्द्रको अर्को फिल्म ‘धनपति’ शुक्रबारदेखि सार्वजनिक भएको छ । नाम धनपति भए पनि गरिब एवं निमुखा पात्रबाट फिल्मको उठान हुन्छ ।
कस्तो छ कथा ?
फिल्मको कथामा धेरै घोत्लिनुपर्दैन, विकृत राजनीतिक पृष्ठभूमिमा एउटा सामान्य नागरिकले भोग्ने दिनचर्या हो यो ।
सानुकाजी अर्थात् धनपति यसका केन्द्रीय पात्र हुन्, जो काठमाडौंमा मासिक ४५ सयको डेरामा खुम्चिएका छन् । उसको सपनाले पनि उति ठूलो पखेटा फिजाएको छैन, बस् छोरीलाई सरकारी स्कूलबाट अंग्रेजी स्कूलमा स्थानान्तरण गर्न पाए पुग्छ ।
त्यही छोरीलाई केन्द्रमा राखेर धनपतिले गर्ने संघर्षको कथा हो, धनपति ।
ऊ एक रेष्टुरेन्टमा मासिक कमाइ १५ हजार रुपैयाँमा काम गर्छ । यति पैसाले घरखर्च धान्न पुग्दैन । त्यसमाथि छोरीलाई राम्रो स्कूल पढाउने आकांक्षाले धनपति दम्पतीलाई बेचैन बनाएको छ । त्यसबाहेक उसको परिवारमा सबै कुरा ठीकठाक चलिरहेको छ ।
यसमा द्वन्द्व पैदा गर्ने अर्को पाटो छ, राजनीति । एक पार्टीका प्रमुख र उनका कार्यकर्ता धनपतिलाई आफ्नो चक्रव्यूहमा पार्ने दाउपेचमा छन् । तर, धनपतिलाई राजनीतिप्रति चरम वितृष्णा छ । किनभने त्यही राजनीतिक प्रतिशोधले उसको घर-परिवार उजाडिएको विगत उनको मनबाट अझै पखालिएको छैन ।
धनपति स्वभिमानी छ । निडर छ । पसिनामा विश्वास गर्छ ।
तर, आफ्नो स्वभिमानको गाँस खाएर उसको सपना पूरा हुने छाँट छैन । दिनदिनैका बन्द, हडताल, महँगी, अभाव, हेपाइ र अपमानले ऊ क्रमशः गल्दै गएको छ ।
ठीक यही मौका छोपेर उसलाई पैसाको प्रलोभनमा पारिन्छ र, राजनीतिक गोटी बनाइन्छ । अन्ततः ऊ पार्टीको कार्यकर्ता बन्छ भाषणवाजीमा उत्रिन थाल्छ । उसको राजनीतिक ‘सक्रियता’ यतिमै सीमित रहँदैन, ऊ परम्परागत राजनीतिक पात्र झैं बन्द, हडताल, तोडफोड र विध्वंसमै उत्रिन्छ ।
उनको अभीष्ट छैन, नेता बनेर राजनीति गर्ने । महत्वाकांक्षा छैन, अकुत सम्पत्ति कमाउने । केवल एउटी छोरीलाई राम्रो स्कूल पढाउन पाए पुग्छ ।
तर, जुन उद्देश्यका लागि राजनीतिमा होमिएको छ, त्यही उसको लागि गलपासो बन्छ ।
राम्रो पक्ष
राजनीतिक सिद्धान्त, आदर्श र साधनाको आलोकमा टेकेर होइन, आफ्नै स्वार्थमा जेलिएर ‘पार्टीका खेताला’ बन्न पुगेका तमाम ‘कार्यकर्ता’ ले हेर्नैपर्ने फिल्म हो, धनपति । बाध्यता, अभाव अनि गरिबीको फाइदा उठाउँदै राजनीतिक दल तथा तिनका नेताले कसरी सर्वसाधारणलाई आफ्नो गोटी बनाउँछन् भन्ने कुरा फिल्ममा राम्ररी देखाइएको छ, ।
यो ब्यानरको अघिल्लो फिल्म ‘पशुपतिप्रसाद’ मा जस्तै यसमा पनि हिरोइज्म र तडकभडक छैन । फिल्म हेरिरहँदा आम पात्रलाई आफ्नै जीवन-भोगाइ पुनरावृत्ति भएको अनुभूति हुन्छ ।
फिल्ममा पात्र थोरै छन् । लोकेसन सीमित छ । कथा सामान्य र सरल छ । यहीभित्र हाँसो-ठट्टा, संवेदना र आवेग मिसाइएको छ ।
फिल्ममा सबैभन्दा अब्बल देखिएका छन् आशान्त शर्मा, जो कुनै अमूक पार्टीको कार्यकर्ताको भूमिकामा देखिएका छन् । धनपति अर्थात खगेन्द्र लामिछाने, उनकी पत्नी बनेकी सुरक्षा पन्त, हरिहर शर्मा, रवि गिरी आदिको अभिनय स्वाभाविक लाग्छ ।
कमजोर पक्ष
‘झोले’ जस्तो डार्क कमेडी, ‘चपली हाइट’ जस्तो सेक्स थि्रलर, ‘भिजिलान्ते’ जस्तो थि्रडी र ‘पशुपतिप्रसाद’ जस्तो विशुद्ध सामाजिक फिल्म बनाएका दीपेन्द्र के खनालले यो फिल्ममा पूर्ववत् मिहिनेत दोहोर्याएको देखिँदैन । सोझै भन्नुपर्दा ‘पशुपतिप्रसाद’ जस्तो खिपिएको फिल्म होइन यो ।
पहिलो हाफसम्म धनपतिलाई गलाउनमै अनेक तानाबाना बुनिएको छ । ‘अब के हुन्छ’ भन्ने जिज्ञासाले त दर्शकलाई अल्झाइरहन्छ । तर, कथा गतिशील नबन्दा ‘हाइ काड्नुपर्ने’ अवस्था पनि आउँछ ।
पहिलो हाफपछि कथा फटाफट अघि बढ्छ । तर, ती घटनाले कस्ता मोड पैदा गर्छन् भन्ने सामान्य अनुमान दर्शकले लगाउन सक्छन् । अर्थात् फिल्मको ‘द इन्ड’ कसरी हुन्छ भनेर पूर्वानुमान लगाउन खासै कसरत गर्नु पर्दैन ।
यद्यपि नेपाली परिवेशमा बन्ने औंसत फिल्मभन्दा स्वादिलो र रसिलो छ, धनपति।