Suman Paudel
8:55 AM
पाल्पा । बिगत लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका पाल्पाबासिको लागि खुशिको खबर
आएको छ । पाल्पाको श्री नगर डाँडा मा आहिले दीप बोरिङ्ग पद्द्ती मार्फत पानी
निकल्ने प्रयस गरिदै छ । बिगत ४ दिन देखी दुइवटा ठुला मेसिनहरुले धामाधम काम गरिरहेको र त्यस ठाउँ बाट दैनिक पाँच लाख लिटर खानेपानी
आपूर्ति हुने खानेपानी तथा सरसफाइ
डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले बताए।
यहाँबाट निस्कने पानी सबैभन्दा
पहिले श्रीनगर क्षेत्रमा / बाँकी रहेको पानी तानसेन बजार क्षेत्रमा वितरण गरिनेछ। पानीको
अभावले श्रीनगरको पर्यटन प्रभावित भइरहेको अवस्थामा यसरी पानी वितरण गरिएपछि
त्यहाँको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
श्रीनगरमा वितरण गरेर यो स्रोतबाट निस्केको पानी पनि हाल तानसेन खानेपानी उपभोक्ता
समितिले वितरण गरिरहेको पानीको प्रसारण लाइनमै मिसाइ
वितरण गरिने डिभिजन प्रमुख शाक्यले बताए।
अहिले तानसेनमा दैनिक
२५/२६ लाख लिटर पानीको माग छ। शाक्यका अनुसार पछिल्लो समय मागको आधा मात्रै
आपूर्ति भइरहेको छ। श्रीनगरको बोरिङबाट दैनिक ५ लाख लिटरको हाराहारीमा पानी
निस्कन्छ। त्यति पानी थपिँदा पनि तानसेनबासीले अहिलेको खानेपानी अभावबाट उल्लेख्य
राहत पाउने शाक्य बताउँछन्। अहिले सुख्खा मौसममा बोरिङ गर्दा प्रतिसेकेण्ड पाँच
लिटर पानी निस्कने अनुमान गरिएकोमा बर्षामा भने यो फ्लो बढ्नेछ।