January 2016 - पाल्पा अन्लार्इन

Top News



Post Top Ad

फुटबलमा नेपाललाई २३ वर्षपछि उपाधि

11:57 PM
बांग्लादेशको राजधानी ढाकामा भएको खेलमा बहराईनलाई हराउँदै नेपालले झण्डै अढाई दशकपश्चात अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको छ।
नेपालको जितमा नवयुग श्रेष्ठले २ तथा विमल घर्तीमगरले १ गोल गरेका हुन्। बहराईनले कुनै गोल गर्न सकेन।

ऐतिहासिक सफलता
जितपछि बोल्दै नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबलले ऐतिहासिक सफलता पाएको भनी प्रतिक्रिया दिए।
उनले भने, "हामीले अर्को इतिहास रचेका छौं। यो जितको नेपाली फुटबललाई निकै जरुरी थियो।"
पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका रक्षक कप्तान विराज महर्जनले यो सफलता सबै खेलाडीहरुको मेहनत र प्रशिक्षकको सही निर्देशनको फल भएको बताए।
"हामी यहाँ सेमिफाइनल पुग्ने लक्ष्यका साथ आएका थियौं। फाइनल पुगेपछि भने हाम्रो लक्ष्य उपाधि नै जित्नु थियो," उनले भने।
नेपालले यसअघि सन् १९९३ मा ढाकाको यही बंगबन्धु रंगशालामा भारतलाई हराई दक्षिण एशियाली खेलकूदको च्याम्पियन बनेको थियो।



संयोग के रह्यो भने सो बेला खेलाडीका रुपमा नेपाललाई स्वर्ण जिताउने बालगोपाल महर्जन र उपेन्द्र मान सिंह यो प्रतियोगितामा मुख्य प्रशिक्षक र प्रशिक्षकका रुपमा रहेका छन्।
विभिन्न ८ टोली सहभागी यस प्रतियोगितामा नेपालले १ गोल खाएको थियो भने ८ गोल गरेको थियो।
सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४-१ ले हराएको थियो। उसले लिग चरणमा श्रीलंकालाई हराएको थियो भने बांग्लादेशलाई बराबरीमा रोकेको थियो।
उपाधि सहित नेपालले ५० हजार अमेरिकी डलर पनि जितेको छ।
नयाँ युग
करिब चार महिना अगाडी नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सहित तीन खेलाडीमाथि अन्तर्राष्ट्रिय खेलमा खेल मिलेमतो गरेको आरोप लागेको थियो।
उनीहरु विरुद्ध हाल अदालतमा मुद्दा चलिरहेको छ। यसबीच अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई समेत फिफाले आर्थिक अनियमितताको मामिलामा मुछिएको भन्दै १० वर्ष प्रतिबन्ध लगाएको छ।
हालको नेपालको फुटबल टोलीमा युवा खेलाडीहरुको बाहुल्य छ।बीबीसी
Read More

सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा ठूलो

11:29 PM
अमेरिकी खगोलविद्हरुले सौर्यमण्डलमा एक नयाँ ग्रह फेला पारेका छन् । उनीहरुका अनुसार यो ग्रह पृथ्वीको आकारभन्दा १० गुणा ठूलो रहेको छ ।

क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलोजीका शोधकर्ताले उक्त नयाँ ग्रहको नाम प्लानेट नाइन अर्थात् नवौँ ग्रह राखेका छन् । यो ग्रहले बरुण ग्रहभन्दा अरबौँ माइल टाढाबाट सूर्यलाई परिक्रमा गरिरहेको छ ।
यद्यपि कम्प्युटर मोडलिंगमा आधारमा यो शोधको नतिजा निकालिएको हो । तर सौर्यमण्डलमा यो नवौँ ग्रह अस्तित्वमा रहेको आफुलाई पूर्ण विश्वास रहेको शोध रिपोर्टका सह लेखक कोनस्टान्टिन बेटेगिनले बताएका छन् ।
यो निकै आश्चर्यजनक खोज रहेको र यसले आकाशगंगाको विषयमा आम बुझाइ अझ बढने उनको दाबी छ । बीबीसी

Read More

नेपाल र बहराइन भड्दै

9:41 PM


८ माघ, काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा उपाधीका लागि आज नेपालले बहराइनको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल आफ्नो पक्षमा रहने भन्दै प्रशिक्षक बालगोपाल महजर्नले सेमिफाइनलमा नसोचेको प्रदर्शन गर्न टोली सफल भएको भन्दै यही नतिजा फाइनलमा पनि दोहोर्याउन खेलाडी तयार रहेको बताएका छन् ।
मैदानमा नेपाली टोलीलाई उल्लेख्य दर्शकले साथ दिने अपेक्षा रहेको छ । अध्ययनका लागि ढाका पुगेका नेपाली विद्यार्थी तथा बंगलादेश नजिकको छिमेकी भएकोले दर्शकको साथले जितलाई निश्चित गर्न सजिलो हुने महर्जनको विश्वास छ ।
यो प्रतियोगिता जितेर आउनसके नेपाली फुटबलका लागि सकारात्मक सन्देश हुने र फुटबलको विकासमा सहयोग पुग्ने महर्जनको विश्वास छ ।

Read More

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४९.२ प्रतिशत उत्तीर्णमौका परीक्षा माघ २९ गते हुने

3:45 AM
३० पुस, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गएको असारमा भएको परिक्षामा सहभागी मध्ये नियमित तर्फ ४९.२ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

नियमिततर्फ १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्ले जनाएको छ । २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएका थिए ।
अघिल्लो वर्ष ४७. २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आंशिकतर्फ ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आंशिकतर्फ ४३ हजार ९८३ जना पास भएको परिषदले जनाएको छ । आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी थिए ।
एक विषय लाग्ने परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन् । मौका परीक्षा माघ २९ गते हुनेछ ।
स्रोत-:onlinekhabar
Read More

Post Top Ad