December 2015 - पाल्पा अन्लार्इन

Top News



Post Top Ad

संघियता सँग सौदावाजी गरेर मन्त्रिपद किनेको छैन ः केसी

8:28 AM


सुदिप पौडेल पाल्पा अन्लाईन ,
१० पुस , पाल्पा । नेपाल सरकारका उपप्रधान एवं गरिवि निवारण तथा सहकारी मन्त्रि चित्र वहादुर केसीले संघियता संग सौदावाजी गरेर मन्त्रि पद नखाएको वताउनु भयो ।
रािष्ट्रय जनमोर्चा पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा वोल्दै केसीले भारतको स्वार्थ वमोजिम संविधान नवनाएको हुनाले अहिले नेपालले विशंम परिस्थितिको सामना गर्नुपरेको छ र तराइका जिल्लालाइ टुक्राएर अल्ग्गै प्रदेश वनाउने कुरा जुन रूपमा उठेको छ त्यो राष्ट्रघाति र राष्टिय अखण्डता विरूद् रहेको वताउनुभयो । कार्यक्रममा उहाँले भारतिय नाकावन्दि , संविधान कार्यावानयनका चुनौति र सहकारीका नाममा भइरहेका ठगीका विषयमा प्रष्ट पार्नुभयो ।


कार्यक्रममा वोल्दै उहाँले जुन माग मधेसी मोर्चाले उठाएर आन्दोलन गरिरहेका छन् त्यो विल्कुलै राष्ट्रघाति रहेको र त्यसले मुलुकनै टुक्राउन खतरा रहेको वताउनुभयो । नेपालको लागी संघियता उचित नरहेको र संघियताको विषयमा अभैmपनि आफनो विमति रहेको जनाउनुभयो । संघियता नेपाललको लागी गलपासो भइसकेको र यसको स्थगन नगरे मुलुकले अभःै विशंम परिस्थितिको सामना गनुपर्ने वताउनुभयो ।
सहकारीका विषयमा वोल्दै केसीले सहकारीमा भइरहेको ठगी र सहकारीका नाममा जनता लुट्रन्े काम जुन भइरहेको छ त्यो चाँडैनै अन्त्य हुने र ठगि गर्नेहरूलार्इ कानुनि दायरामा ल्याउने ठोस कानुन, कानुन मन्त्रालयबाट पारित हुने प्रक्रिया रहेको पनि वताउनुभयो ।
Read More

दुबै मृगौला फेल भएका गणेश सहयोग खोज्दै

7:29 AM
पाल्पा, पुस १० - दुबै मृगौला फेल भएका खस्यौल-३ सिरुखर्क पाल्पाका ३५ वर्षका गणेश कुवरले उपचारका लागि सहयोग खोजिरहनुभएको छ ।
डेढ वर्ष पहिले देखि मृगौलामा समस्या आएको र उपचार गर्दा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उहाँको भनाई छ ।

डाक्टरले अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेको तर आफूसँग त्यसको लागी आवश्यक १५ लाख रुपैयाँ नभएकोले सबैको सहयोगको आशा गरेको उहाँको भनाई छ । शुक्रबार पत्रकारसँगको भेटमा उहाँले आफू बाँच्न चाहेको तर उपचारको लागी खर्च नभएर त्यसै बसीरहेको जानकारी दिनुभयो । आफ्नो आय स्रोत नभएको, गाउँमा रहेको जग्गा जमिन बेचेर पनि उपचारलाई नपुग्ने भन्दै उहाँले सबै सबैको सहयोग पाए नयाँ जीवन पाउने विश्वास व्यक्त गर्नुभयो ।
तानसेनको बिशाल बजारमा खाजा घर चलाउनुभएका उहाँले रोगले च्याप्दै गएपछि पसल समेत बन्द गर्नुपरेको बताउनुभयो । सहयोगको लागी रसिद छपाएको भन्दै उहाँले हिमालयन बैङ्क पाल्पा शाखामा रहेको आफ्नो खाता नम्बर ०२२०२११३५९००१६ मा पनि रकम जम्मा गरेर सहयोग गरिदिन सबैसँग अपिल गर्नुभएको छ ।
गाउमा बुढा बाबा आमा मात्रै रहेको र श्रीमती र दुई छोराछोरी पाल्नपर्ने बेला आफै बिरामी पर्दा घरको अवस्था समेत बेहाल बनेको उहाँले दुःखेसो पोख्नुभयो ।गणेशका बुबा यम बहादुर कुवरले दुई छोरामध्ये कान्छो छोराको गएको वर्ष दुर्घटनामा ज्यान गएको र जेठा छोरालाई पनि अहिले यस्तो समस्या आएको भन्दै सबैसँग सहयोगको लागी आग्रह गर्नुभएको छ ।
उज्यालो बाट

Read More

पाल्पामा डाउन हिल साईकल रेस हुने

8:09 AM
पाल्पा ८ पुस । पाल्पामा डाउन हिल साईकल रेस हुने  भएको छ। िजनरलि (GNARLY) नामक सस्थाले आयोजना गर्न लागेको प्रतियोगिता पाैष १२ गते सन्चालन हुने आयोजक ले जनाएको छ। आयोजक ले  अफ्नो फेसबुक को कार्यक्रममा जनाए अनुसार साईकल रेस तानसेन बजार बाट सुरु भइ रानिमहल पुगि पु:न तानसेन मा आएर समापन हुने छ।
                        यस साईकल रेसले पाल्पा को पर्यटन ब्यवसाय लाई थप टेवा पुग्ने स्थानीय काे विस्वास रहेको छ।


Read More

एका बिहानैको भुकम्पले तर्सायो पाल्पालीलाई

9:16 PM
४ पुस, पाल्पा । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.५ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान चार बजेर दूई मीनट जाँदा बाजुराको जगननाथ नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले हल्लाएपछि बिहानै सुतिरहेका सर्वसाधारण घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का पाल्पा जिल्ला लागायत आसपासका गुल्मी ,आर्घाखाची,कास्की लगायतका जिल्लाहरुमा पनि महसुस गारिएको थियो ।


Read More

सुन्दर पाल्पा

7:45 AM
 Tansen Bazar View

 Sitalpati Golghar

 Sunrise In Tansen

White Lake In Tansen
Read More

नाकामा धर्नासहित आन्दोलन सशक्त बनाउने मधेसी मोर्चाको निर्णय

7:45 AM


मोर्चाका शीर्षनेताले काठमाडौं छाड्ने



२ पुस, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सरकारसाग कुरा नमिलेपछि आन्दोलन सशक्त बनाउने र शीर्षनेताहरुले काठमाडौं छाड्ने निर्णय गरेको छ ।


तराई मधेसमा आन्दोलन सुरु भएको १२५ औं दिन बिहीबार बसेको मोर्चाको बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा समेत भएको छ ।तमलोपा कार्यालय बिजुलीबजारमा बसेको बैठकले सीमा नाकामा धर्नासहितको आन्दोलन यथावत राख्ने निर्णय गरेको छ । सबै जिल्लामा आमसभा, लाठी जुलुस प्रदर्शनलगायतका कार्यक्रम समेत घोषणा गर्ने मधेसी मोर्चाको तयारी छ ।भोलि शुक्रबार बैठक बसेर कार्यक्रमलाई अन्तिम रुप दिने र २ बजे पत्रकार सम्मेलन गरिने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।तराई मधेसमा धान काट्ने र गहुँ छर्ने काम भइरहेकाले त्यसलाई मध्यनजर राख्दै कार्यक्रम बनाइने नेताहरुले बताए ।संसद अवरोध जारी राख्नेमधेसी मोर्चाले संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक स्वीकार्य नभएको समेत बताएको छ । संसदमा अवरोध जारी राख्ने तमसपाका नेता रामनरेश रायले बताए ।मधेसी मोर्चाको विरोधका बीच संसदमा संविधान संशोधन विधेेयक पेश भएको छ र शुक्रबार सैद्धान्तिक छलफल हुँदैछ ।


Read More

Post Top Ad