Sudeep
8:28 AM
सुदिप पौडेल पाल्पा अन्लाईन ,
१० पुस , पाल्पा । नेपाल सरकारका उपप्रधान एवं गरिवि निवारण तथा सहकारी मन्त्रि चित्र वहादुर केसीले संघियता संग सौदावाजी गरेर मन्त्रि पद नखाएको वताउनु भयो ।
रािष्ट्रय जनमोर्चा पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा वोल्दै केसीले भारतको स्वार्थ वमोजिम संविधान नवनाएको हुनाले अहिले नेपालले विशंम परिस्थितिको सामना गर्नुपरेको छ र तराइका जिल्लालाइ टुक्राएर अल्ग्गै प्रदेश वनाउने कुरा जुन रूपमा उठेको छ त्यो राष्ट्रघाति र राष्टिय अखण्डता विरूद् रहेको वताउनुभयो । कार्यक्रममा उहाँले भारतिय नाकावन्दि , संविधान कार्यावानयनका चुनौति र सहकारीका नाममा भइरहेका ठगीका विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रममा वोल्दै उहाँले जुन माग मधेसी मोर्चाले उठाएर आन्दोलन गरिरहेका छन् त्यो विल्कुलै राष्ट्रघाति रहेको र त्यसले मुलुकनै टुक्राउन खतरा रहेको वताउनुभयो । नेपालको लागी संघियता उचित नरहेको र संघियताको विषयमा अभैmपनि आफनो विमति रहेको जनाउनुभयो । संघियता नेपाललको लागी गलपासो भइसकेको र यसको स्थगन नगरे मुलुकले अभःै विशंम परिस्थितिको सामना गनुपर्ने वताउनुभयो ।
सहकारीका विषयमा वोल्दै केसीले सहकारीमा भइरहेको ठगी र सहकारीका नाममा जनता लुट्रन्े काम जुन भइरहेको छ त्यो चाँडैनै अन्त्य हुने र ठगि गर्नेहरूलार्इ कानुनि दायरामा ल्याउने ठोस कानुन, कानुन मन्त्रालयबाट पारित हुने प्रक्रिया रहेको पनि वताउनुभयो ।